किताबखानाको उद्देश्य देहाय बमोजिम रहेका छन् ।
- प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्यूरो सेवा, प्रदेश अन्य सरकारी सेवा तथा स्थानीय सरकारी सेवाका कर्मचारीहरूको शुरू नियुक्ति देखि अवकाशसम्मको सम्पूर्ण अभिलेख अद्यावधिक गरी राख्ने,
- प्रदेश र स्थानीय तहबाट अवकाश प्राप्त कर्मचारीहरूको अभिलेख राख्ने,
- प्रचलित कानून बमोजिम सेवाबाट अलग भएका कर्मचारीहरूले पाउने निवृत्तभरण, उपदान, पारिवारिक निवृत्तिभरण, सन्ततिवृत्ति, औषधी उपचार लगायतका सुविधाहरू उपलब्ध गराउने र तिनको अभिलेख राख्ने,
- प्रदेश सरकार र स्थानीय तहका विभिन्न निकायहरूलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सुचना तथा तथ्याङ्कहरू उपलब्ध गराउने,
- स्थानीय तहका जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका पदाधिकारीको सम्पत्ति विवरणको अभिलेख राख्ने,
- प्रदेश तथा स्थानीय सेवाको कर्मचारी सूचना किताबखानाको रूपमा कार्य गर्ने ।