NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

पद तथा संगठन दर्ता

कुनै नयाँ कार्यालय स्थापना गर्ने वा हाल भइरहेको कार्यालयको पद तथा दरबन्दी थपघट वा अद्यावधिक गर्ने निर्णय भएपछि सम्बन्धित मन्त्रालयले देहायका विवरण र कागजात सहित किताबखानामा पद तथा सङ्गठन दर्ताका लागि लेखि पठाउनु पर्नेछः-

(क) अनुसूची-२ बमोजिमको पद दर्ता फाराम चार प्रति (पूर्ण रूपमा भरी प्रमाणित गरिएको),

(ख) प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि (स्थानीय हकमा कार्यपालिकाको निर्णयको प्रतिलिपि)

(ग) प्रस्तावित सङ्गठन संरचना एवं दरबन्दी तेरिजको अनुसूची एक/एक प्रति ।