NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

परिचय

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोग मार्फत यस प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त तथा बढुवा हुने कर्मचारीहरूको व्यवस्थित अभिलेख राख्ने र प्रदेश सरकारका विभिन्न निकायहरूलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सूचना तथा तथ्याङ्कहरू उपलब्ध गराउने लगायतका कार्य गर्नका लागि प्रदेश कितावखाना (स्थापना तथा कार्यसंचालन) आदेश, 2078 बमोजिम वि. स. २०७८ फाल्गुन ५ गते देखि प्रदेश किताबखानाको स्थापना भई सञ्चालनमा छ ।

प्रदेश कितावखाना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश अन्तर्गत निकायको रुपमा संचालनमा रहेको छ । यस कार्यालयले बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण कर्मचारीहरु तथा यस प्रदेश अन्तर्गतका स्थानीय तहका सम्पूर्ण कर्मचारीहरूको बैयक्तिक विवरण (सिटरोल) दर्ता गरी अभिलेख राख्ने कार्य गर्दै आएको छ । यसका अतिरिक्त बागमती प्रदेश अन्तर्गत तथा स्थानीय तहरुका कर्मचारीहरु, जनप्रतिनिधिहरु, सरकारी पद धारण गरेका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण संकलन गरी अभिलेख राख्ने र मकवानपुर जिल्ला भित्रका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको तलवी प्रतिवेदन पारित गर्ने कार्य समेत गर्दै आएको छ