किताबखानाको काम, कर्तव्य र अधिकारः
- प्रचलित कानून तथा प्रदेश सरकारको निर्णयानुसार किताबखानामा दर्ता गराउनु पर्ने प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयहरूको सङ्गठन तथा दरबन्दी दर्ता गर्ने,
- सिटरोल दर्ता गरी नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, तालीम, शैक्षिक योग्यता, पुरस्कार, विभागीय कारबाही, असाधारण एवं अध्ययन बिदा, औषधि उपचारको रकम जस्ता कर्मचारीसँग सम्बन्धित विवरणहरू वैयक्तिक विवरण फाइलमा संलग्न गरी अद्यावधिक गर्ने,
- प्रदेश र स्थानीय तहका सबै कार्यालयको वार्षिक तलबी प्रतिवेदन पारित गर्ने,
- कर्मचारीहरूको अनिवार्य अवकाशको सूचना पठाउने,
- सेवाबाट अलग भएका कर्मचारीहरूको निवृत्तभरण, उपदान, पारिवारिक निवृत्तभरण, असाधारण पारिवारिक वृत्ति, शैक्षिक भत्ता तथा सन्ततिवृत्ति जस्ता सुविधाहरू किटान गरी अधिकार पत्र प्रदान गर्ने,
- प्रचलित कानून बमोजिम पुरानो नोकरी हालको नोकरीमा जोड्ने,
- कर्मचारीहरूको स्थायी ठेगाना, इच्छाइएको व्यक्ति परिवर्तन भएमा रेकर्डमा जनाई जानकारी दिने,
- कर्मचारीहरूको नोकरी विवरण र सेवा अद्यावधिक तथा जन्ममिति प्रमाणित गरी अभिलेख राख्ने,
- प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्यूरो सेवा, प्रदेश अन्य सरकारी सेवा तथा स्थानीय सरकारी सेवाका कर्मचारी सम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक राखी सूचना किताबखानाको रूपमा काम गर्ने,
- प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीहरुको सम्पत्ति विवरण राख्ने ।