NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व त्रयोदशी - १३

सम्पत्ति विवरण दाखिला र व्यवस्थापन

सम्पत्ति विवरण दाखिला र व्यवस्थापनः

(१) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को खण्ड (क) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (१) बमोजिम प्रत्येक कर्मचारीले र स्थानीय तहका पदाधिकारीले प्रचलित कानूनले तोकेको अवधिभित्र आफ्नो सम्पत्ति विवरण किताबखानामा आईपुग्ने गरी पेश गर्नु पर्नेछ । सेवा निवृत्त भए पश्चात पनि सेवा निवृत्त भएको आर्थिक वर्षको सम्पत्ति विवरण नयाँ आर्थिक वर्षको साठी दिन भित्र किताबखानामा प्राप्त हुने गरी पेश गर्नु पर्नेछ ।

(२) सम्पत्ति विवरण फारामको ढाँचा अनुसूची- ४ बमोजिम हुनेछ । यसरी सम्पत्ति विवरण भरी पठाउँदा खाम बाहिर देहायको विवरण उल्लेख गरी पठाउनु पर्नेछः-

(क) कर्मचारीको हकमा

आ.ब. ....... को सम्पत्ति विवरण

(क) कर्मचारीको संकेत नम्बरः

(ख) नाम, थरः

(ग) पद/दर्जाः

(घ) सेवा/समूहः

(ङ) तहः

(च) कार्यरत कार्यालयः

(छ) मोबाइल नम्बरः

(ज) ई-मेल ठेगानाः

(ख) स्थानीय जनप्रतिनिधिको हकमा

आ.ब. ....... को सम्पत्ति विवरण

(क) नाम, थर:

(ख) पद:

(ग) निर्वाचित मितिः

(घ) स्थानीय तहः

(ङ) मोबाइल नम्बरः

(च) ई-मेल ठेगानाः

(३) सम्पत्ति विवरण बुझाउँदा कार्यालयको पत्र साथसाथै कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रमा अनलाइन दर्ता गरेको प्रमाणपत्र प्रिन्ट गरी हार्ड कपी सँगै ल्याउनु पर्दछ ।