NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

तलबी प्रतिवेदन पारित गर्ने

(१) प्रदेश मन्त्रालय र मकवानपुर जिल्लाभित्रका कार्यालयमा कार्यरत कर्मचारीको हकमा किताबखाना र मकवानपुर जिल्ला बाहेक अन्य जिल्लास्थित कार्यालयका कर्मचारीको हकमा सम्बन्धित प्रदेश लेखा नियन्त्रक ईकाइ कार्यालयबाट तलबी प्रतिवेदन पारित नगराई तलब र भत्ता खुवाउनु हुँदैन ।

(२) तलबी प्रतिवेदन पारित नगरी तलब खुवाएमा त्यसरी तलब खुवाउने पदाधिकारीबाट त्यस्तो कर्मचारीले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम सरकारी बाँकी सरह असुल उपर गरिने छ ।

३) तलवी प्रतिवेदन स्वीकृतिका लागि कार्यालयले देहायका कागजात तथा विवरण पेश गर्नु पर्नेछः-

(क) पूर्ण रूपमा भरी प्रमाणित गरिएको अनुसूची- ३ बमोजिमको तलबी प्रतिवेदन फाराम दुई प्रति र सोको विद्युतीय प्रति,

(ख) गत वर्षको स्वीकृत तलबी प्रतिवेदनको प्रतिलिपि एक प्रति,

(ग) गत वर्ष पारित तलबी प्रतिवेदनमा उल्लेखित कर्मचारी बाहेक थप नयाँ नियुक्ति वा बढुवा भएका कर्मचारीको हकमा नियुक्ति वा बढुवा पत्रको प्रतिलिपि (विद्युतीय अभिलेख (पि.आई.एस.) मा अद्यावधिक नभएकाहरुको हकमा मात्र),

(घ) अन्यत्र कार्यालयबाट सरूवा वा बढुवा भई आउने कर्मचारीको हकमा निजको साविक कार्यालयबाट गत वर्ष पारित तलबी प्रतिवेदनको प्रतिलिपि ।