NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

नागरिक बडापत्र

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश किताबखाना

नागरिक बडापत्र

क्र.सं.

प्राप्त हुने सेवाको विवरण

सेवाग्राहीले पुरा गर्नुपर्ने प्रकृया र पेश गर्नुपर्ने कागजातहरु

कोठा नं.

लाग्ने समय

सेवा प्रदान गर्ने शाखा

लाग्ने दस्तुर

जिम्मेवार सम्पर्क व्यक्ती

गुनासो सुन्ने अधिकारी

कैफियत

स्थायी ठेगाना परिवर्तन गर्ने

१.स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको परिवार सहित बसाई सराईको प्राप्त प्रमाणपत्र ,

२.जग्गा धनि दर्ता प्रमाण पुर्जा र सम्बन्धित कार्यालयको सिफारिस पत्र,

३.कार्यलय प्रमुखको सिफारिस,

४विवाहित महिला कर्मचारीको हकमा कार्यालयको सिफारिस पत्र, विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।

प्रशासन तथा सिटरोल शाखा

१ दिन भित्र

प्रशासन तथा सिटरोल शाखा

निशुल्क

अधिकृत सातौ

निर्देशक

ईच्छाइएको व्यक्ती परिबर्तन

१.ईच्छाइएको व्यक्ती परिवर्तन गर्नु पर्नाको कारण सहितको निवेदन तथा सम्बन्धित कार्यालयको सिफारिस,

२.वैयत्तिक विवरण फारम भर्दा पति/पत्नीलाई ईच्छाइएको अवस्थामा सम्बन्ध विच्छेद भएको मृत्यु भएको अंश बुझी छुट्टी भिन्न भएको वा अन्य कानुनी आधार,

३.नाम फरक परी सम्शोधन गर्नुपरेमा स्थानिय निकायको सिफारिस,

प्रशासन तथा सिटरोल शाखा

१ दिन भित्र

प्रशासन तथा सिटरोल शाखा

निशुल्क

अधिकृत सातौ

निर्देशक

सङ्गठन संरचना तथा पददर्ता सम्बन्धी कार्य

१. पद सृजना/थप गरिएको वा खारेज/घटाएको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमति पत्रको प्रतिलिपि ।

२. मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिइएको स्वीकृति वा सहमति पत्र ।

३. मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको पत्रको प्रतिलिपि ।

४. प्रस्तावित संगठन संरचना एवं दरवन्दी तेरिजको अनूसुची एक/एक प्रति ।

५. प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयको प्रतिलिपि ।

६. सम्बन्धीत मन्त्रालयबाट पद दर्ता गर्ने सम्बन्धमा प्रदेश किताबखानालाई लेखिएको अनुरोध पत्र ।

७. रीतपूर्वक भरी प्रमाणित गरिएको दर्ता फारम ।

८. प्रदेश किताबखानाबाट साबिकमा प्रमाणित दरवन्दी तेरिज ।

तलबी प्रतिवेदन तथा दरवन्दी व्यवस्थापन शाखा

संगठनको संरचना अनुसार

तलबी प्रतिवेदन तथा दरवन्दी व्यवस्थापन शाखा

निशुल्क

अधिकृत सातौं

निर्देशक

वैयक्तिक विवरण (PIS) अद्यावधिक

नियुक्त, सरुवा, रमाना, बढुबा, शैक्षिक योग्यताको प्रमाणपत्र, सम्बन्धित कार्यालयको सिफारिस पत्र इत्यादि ।

प्रशासन तथा सिटरोल दर्ता शाखा

१ दिन भित्र

प्रशासन तथा सिटरोल दर्ता शाखआ

निशुल्क

अधिकृत सातौं

निर्देशक

तलबी प्रतिवेदन पारित गर्ने

१. कार्यालय प्रमुखबाट प्रमाणित प्रदेश किताबखानाले तोकेको ढाँचा बमोजिमको तलबी प्रतिबेदन फारम थान-२

२. गत आ.व. को पारित तलबी प्रतिबेदन फारम थान-१

३. सरुवा र बढुवा भई अन्यत्रबाट रमाना लिई आउने कर्मचारी को तलबी प्रतिवेदन फारम थान-१ साथसाथै सरुवा बढुवा र रमाना पत्र

४. प्रदेश कितावखानामा PIS अभिलेख पूर्ण नभएका कर्मचारीको हकमा सरुवा, बढुवा, स्तर वृद्धि, रमाना, गयलकट्टी र विभागीय कारवाही लगायतका अन्य कागजातहरू

५.प्रदेश कितावखानाबाट स्वीकृत दरबन्दी तेरिज

६.तलबी प्रतिवेदन पारित गर्ने कार्यालयको अनुरोध पत्र

७.यस कार्यालयबाट तलबी प्रतिवेदन पारित हुन कर्मचारी नं. अनिवार्य लिएको हुनुपर्ने

तलबी प्रतिवेदन तथा दरबन्दी व्यवस्थापन शाखा

३० दिन भित्र

तलबी प्रतिवेदन तथा दरबन्दी व्यवस्थापन शाखा

निशुल्क

अधिकृत सातौं

निर्देशक

वैयक्तिक विवरण (सिटरोल) दर्ता गर्ने

१. कार्यालय प्रमुखबाट प्रमाणित सिटरोल ५ प्रति

२. सक्कल स्थायी नियुक्ति पत्र तथा पदस्थापन पत्र

३. कार्यालय प्रमुख वा स्वयं कर्मचारीबाट प्रमाणित निम्न कागजातहरू

  • नेपाली नागरिकताको प्रमाणपत्र
  • प्रदेश लोकसेवा आयोगको सिफारिस पत्र
  • स्थायी नियुक्ति
  • शपथग्रहणको प्रमाणपत्र
  • निरोगिताको प्रमाणपत्र
  • पदसँग सम्बन्धित सबै तहका शैक्षिक योग्यताका प्रमाणपत्र

४. नागरिक भन्दा फरक स्थायी ठेगाना सिटरोलमा उल्लेख गरेमा बसाइँसराइ प्रमाणपत्र वा महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र

५. प्रमाणपत्रहरुमा नाम, थर, ठेगाना र जन्म मिति फरक परेमा सम्बन्धित स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

६. कुनै देशको स्थायी आवासीय अनुमति पत्र (DV/PR) लिए/नलिएको पत्र, सुरु हाजिरी जानकारी पत्र

७. वैदेशिक शैक्षिक योग्यताको हकमा समकक्ष निर्धारण पत्र

८. सिटरोल दर्ता गरिदिने अनुरोध पत्र

९. म्याद नाघी एक आ.व. भन्दा ढिलो सिटरोल दर्ता गर्दा चाहिने थप कागजातहरू

  • सम्पत्ति विवरण जरिवाना बापत रू. ५००० तिरेको सक्कलै बैंक भौचर
  • कार्यालयबाट प्रमाणित प्रदेश किताबखाना ले तयार गरेको सनाखत पत्र
  • तलब भत्ता रोक्का राखे नराखेको र स्थायी नियुक्तीदेखि हाल सम्म सेवा अटुट भए/नभएको खुलेको पत्र
  • सेवा अवधिभर ‌औषधी उपचार, असाधारण बिदा लिए/नलिएको जानकारी पत्र
  • सेवा अवधिभर गयलकट्टि, विभागिय कारबाही भए/नभएको विवरण
  • पदस्थापन, स्तर वृद्धि, सरुवा, बढुवा र अन्य सेवाकालीन कागजातहरू

प्रशासन तथा सिटरोल दर्ता शाखा

७ दिन भित्र

प्रशासन तथा सिटरोल दर्ता शाखा

निशुल्क

अधिकृत सातौं

निर्देशक

सम्पत्ति विवरण दर्ता सम्बन्धी कार्य

१. नयाँ नियुक्ति भएको कर्मचारी तथा जनप्रतिनिधिले नियुक्ति भएको मितिले ६० दिनभित्र तथा अन्यको हकमा आ.व. सुरु भएको ६० दिनभित्र सम्बन्धित कार्यालय र प्रदेश किताबखानामा ९० दिनभित्र दाखिला गर्नु पर्दछ ।

३. सम्पत्ति विवरण रहेको बन्दी खाम बाहिर निम्न विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

  • कर्मचारी संकेत नं.
  • सम्बन्धित कर्मचारीको नाम, थर
  • कार्यरत कार्यालयको नाम
  • सम्पत्ति विवरण पेस गरेको आर्थिक बर्ष
  • पद
  • सेवा।समुह
  • मोबाइल नं.
  • नयाँ नियुक्ति भए नियुक्ति मिति

३. सेवा निवृत्त भएको आ.व. को सम्पत्ति विवरण अर्को आ.व. को ६० दिनभित्र

४. राष्ट्रिय सतर्कता केन्द्रमा अनलाइन दर्ता गरेको प्रमाणपत्र साथसाथै कार्यालयको अनुरोध पत्र

सम्पत्ति विवरण तथा अभिलेख व्यवस्थापन शाखा

प्राप्त गरेको १ घण्टाभित्र

सम्पत्ति विवरण तथा अभिलेख व्यवस्थापन शाखा

निशुल्क

अधिकृत सातौं

निर्देशक

नोटः

१. सेवाग्राहीले पेश गर्ने विभिन्न कागजातका प्रतिलिपिमा कार्यालय प्रमुख वा स्वयं आफैले प्रमाणित भएको हुनुपर्छ ।

२. माथि उल्लेख गरिए बाहेक अन्य सेवाहरु लिनु परेमा सम्बन्धित शाखावाट आवश्यक जानकारी लिन सकिन्छ ।

३. प्रदेश किताबखानाले प्रवाह गर्ने सेवाहरू आवश्यकता अनुरुप थप गर्ने सक्नेछ ।